धनुषा महेन्द्रनगर डेस्क ,बैशाख २२/धनुषाको क्षिरेश्वरनाथ -५ ,महेन्द्रनगर स्थित रहेको दुग्ध्मती पोखरीमा स्नान गृहको शिलान्यास गरिएको छ । शुक्रवार नगर प्रमुख सुख देब यादवले प्राचीन मिथिलाको श्रद्धा बोकेको दुग्धमती पोखरी किनारमा रु १० लाखको लागतमा एक कोठे स्नान गृहको शिलान्यास गरेका हुन् ।
विभिन्न समयमा स्नान गर्न आउने भक्तजन तथा श्रद्धालुलाई परेको समस्यालाई मध्ये नजर गर्दै नगरपालिकाले उक्त भवनको निर्माण गर्न लागेको नगर प्रमुख यादबले बताए । उनले भवनको रेख देखको अभिभारा नगरपालिकाको रहेकोले भवन बने पश्चात् कुनै किसिमको लथालिङ्ग अबस्था नहुने जिकिर गरे ।
खुल्ला क्षेत्रमा नुहाउने बेलामा खास गरि महिलालाई असजिलो पर्ने गरेकाले भवन निर्माण भए पश्चात् यो समस्या नहुने स्थानियको भनाइ रहेको छ । भवन करिब १ महिनामा तयारि हुने समितीका अध्यक्षले जानकारी दिए
शिलान्यास कार्यक्रममा नगर प्रमुख सुखदेब यादव ,प्रमुख प्रशासकीय अधिकृत राम उदगार अधिकारी ,इन्जिनियर इन्द्रेश यादवसहित स्थानीय बुद्धिजीवी र युवाहरू सहभागिता रहेको थियो ।