चट्याङ लागेर एक बालक सहित तीन घाइते

बैशाख २५/ अछामकाे रामारोशन गाउँपालिका–७, मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको चट्याङ लागेर मृत्यु भएको छ ।

सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट

डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३, कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ  ।