धनुषाको क्षिरेश्वरनाथ -५ स्थित महेन्द्रनगरमा गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजना भएको ४० वर्ष माथिको पुरुष दौड प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। नेकपा एमालेको नगर कमिटीको आयोजनामा मंगलवार गरिएको ५ किलोमिटर दौड प्रतियोगिता उत्साहपूर्बक सम्पन्न भएको हो ।
नेकपा एमालेका नगर अध्यक्ष अनिल चौधरीको अध्यक्षता तथा नगर प्रमुख सुकदेब यादबको प्रमुख अतिथ्यता र नेकपा एमाले प्रदेश कमिटी सदस्य महेन्द्र यादबको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा करिब ३० जना धावक सहभागी रहेका थिए ।
दौडको शुरुवात राजदेबि मन्दिर भन्दा केही अगाडिबाट भएको थियो भने अन्त महेन्द्रनगरको नागरपालिका कार्यालयमा भएको थियो ।कार्यक्रममा प्रथम दोस्रो र तेस्रो धावकलाई पुरस्कारको ब्यबस्था गरिएको थियो ।
यता,उक्त दौड प्रतियोगितामा बिजेतामा घुरन महतोले पदक हात पारेका छन् । त्यस्तै दोश्रोमा जितेन्द्र कुमार साह ,तेश्रो मा राम तुला साफी र चौथोमा सन्जय श्रेष्ठ भएका छन् । प्रथम द्वितीय तृतीय र चौथो लाई क्रमस रु ११०००,रू ८१००,रू ५१०० र रु ३१०० प्रदान गरिएको थियो ।कार्यक्रममा शिल्ड सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुखदेब यादबले यस्तै खेलबाट शारीरिक रुपकमा तन्दुरुस्त हुने बताउदै योगाको लागि रामदेब बाबाको शरणमा गएर योगा गर्नै नपर्ने बताए । खेल नै स्वास्थ्य रहने अचुक उपाए रहेको बताउदै उनले खेलमा नगरले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका नगर अध्यक्ष अनिल चौधरीले आगामी दिनमा पनि गणतन्त्र दिबसको उपलक्ष्यमा यस्तै कार्यक्रमको निरन्तरता दिने बाताए । आगामी दिनमा अझ जन सहभागीता रहनेमा बिश्वस्त रहेको बताउँदै अझ जन सहभागीताको अपेक्षा रहेको बताए।
कार्यक्रममा सहभागीहरुमा वार्ड ९ अध्यक्ष अबध किशोर यादब , वार्ड ६ का अध्यक्ष बिनोद गुप्ता , पेट्रोलियम डिलर एसोसियसनका वरिष्ठ जिल्ला उपाध्यक्ष ललित साह , युवा अभियान्ता सितेश झा लगातएतको सहभागीता रहेको थियो । विशेष सहयोगीमा कृष्णा मेडिकलका कृष्णा यादब , राजु मोटरसाइकलका राजु साह,जिल्ला सदस्य दिपन ठाकुर रहेका थियो ।