महेन्द्रनगरको नयाँ नगरपालिका भवनमा भेटिएको लासको अझै पहिचान खुलेन

‌‌‌‌‌२०८०/२/२९ धनुषाको महेन्द्रनगर स्थित नगर पालिकाको ग्राउन्डमा गत २७ गते  भेटिएको  बेबारिसे लासको पहिचान खुल्न नसके पछि प्रहरीले पहिचान गरिदिन अनुरोध  गरेको छ ।

प्रहरीको अनुरोध यस्तो रहेको छ :

जेष्ठ २७ गते १२ः३० बजेको समयमा  क्षिरेश्वरनाथ नगरपालिका वडा न.५ महेन्द्रनगर स्थित नयाँ नगरपालिका ग्राउण्डमा नाम थर वतन नखुलेको कालो बर्ण ठिकको शरिर ,उचाई ५ फिट ,सेतो रङगको सर्ट लगाएको,बायाँ हातमा हरियो रंगको कपडा जस्तो बाधिएको,हल्का दाह्रि जुङ्गा भएको ,मागि खाने जस्तो देखिने तराई मुलुकको जस्तो देखिएको ,उमेर अः८०।८५ बर्षको रहेको हुलिया भएको पुरुष ब्यक्ति अचेत अबस्थामा फेला परेकोमा थप उपचारको लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा उपचारको क्रममा ऐ.१३ः३० बजेको समयमा चिकित्सक बाट मृत घोषणा गरिएको र सो मृतक लाशको पहिचान तथा सनाखत हुन नसकेको हुँदा कोही कसैले चिन्नु भएको छ वा पहिचान गर्नु भएको छ भन्ने सम्बन्धित ब्यक्तिलाई सनाखतको लागि प्रादेशिक अस्पताल जनकपुर वा यस कार्यालयमा सम्पर्क गर्न पठाई आबश्यक सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।