न्यूज डेस्क २०८१/२/२९ गते महेन्द्रनगर ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका -५ स्थित रहेको जिल्ला खो खो संघले खेलाडीहरुका लागि पोसाक बितरण गरेको छ ।मंगलवार बिहान एक कार्यक्रम बिच नेपाली कांग्रेसका सभापति योगेन्द्र पंजियारले उक्त पोसाक खेलाडीलाई हस्तान्तरण गर्नु भएको हो ।
सुनसरी भोक्राहा गाउँपालिका ३० गते र ३१ गते आयोजना हुन लागेको महिला खो खाे प्रतियोगितामा सहभागी हुनु पूर्व पोसाक बितरण गरिएको धनुषा खों खेा संघ धनुषाका सचिब कृष्ण लामाले जनाउनु भयो ।
पोसाकको बितरणमा आर्थिक सहयोग भने स्थानिय राजनीतिकर्मी दिपक साहले गरेको धनुषा खों खेा संघ जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारले खो खो खेललाई रास्ट्रिय खेलमा नसमेटोमा दु:ख लागेको बताउदै यस खेललाई समेत समेट्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा धनुषा खों खेा संघ धनुषाका अध्यक्ष बिरेन्द्र सिंह दनुवार , सचिब कृष्ण लामा, कोषाध्याक्ष सुजित कापरी , सर्प दंश उपचार केन्द्र महेन्द्रनगरका अध्यक्ष राजकिशोर राउत , प्रशिक्षक र खेलाडीहरु लगाएतको सहभागीता रहेको थियो ।