ट्राफिक प्रहरीको ट्राफिक सप्ताह अन्तर्गत प्रभातफेरी कार्यक्रम सम्पन्न

२०८१/३/७ गते महेन्द्रनगर डेस्क । जनकपुरस्थित  रामानन्दचोकमा ट्राफिक प्रहरिको  “सडक अनुशासन पालना तथा सवारी दुर्घट्ना न्यूनीकरणका लागी ट्राफिक जनचेतनामुलक कार्यक्रम २०८१ (ट्राफिक सप्ताह) प्रभातफेरी कार्यक्रम” सम्पन्न भएको छ ।

बिहिवार  बिहान ८ बजे सुरु भएको कार्यक्रम मधेश प्रदेश गृह सञ्चार तथा कानून मन्त्रालयको आयोजना तथा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको सहकार्य तथा समन्वयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यता तथा मधेश प्रदेशका गृह, संचार तथा कानूनमन्त्री विमला अंसारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख आतिथि मधेश प्रदेशका  मुख्यमन्त्री सतिश कुमार सिंहबाट दिप प्रज्वलन गरी समुद्घाटन सु-सम्पन्न भएको कार्यक्रममा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराइ  जनकपुर उ.म.न.पा.का मेयर मनोज कुमार साह मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयका सचिव विरेन्द्र कुमार यादव, जिल्ला प्रशासन कार्यालय धनुषाका प्र.जि.अ. रामु राज कडरीया, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेल स.प्र. स्वागत मन्तवय व्यक्त गर्नु भएपश्चात जनकपुर उ.म.न.पा.का मेयर मनोज कुमार साह, मधेश प्रदेशका मा. मुख्यमन्त्री सतिश कुमार सिंहबाट आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा विभिन्न शिक्षण संस्थाका बालबालिकाहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए।

 कार्यक्रमको अन्त्यमा मधेश प्रदेशका गृह, संचार तथा कानूनमन्त्री विमला अंसारीज्यूबाट धन्यवाद ज्ञापन गर्नु भए पश्चात पुन: जनकपुर उ.म.न.पा. ८ रामानन्द चोकमा गई जनजेतना मुलक पर्चा पम्प्लेट वितरण तथा ट्राफिक सम्बन्धि जनचेतना मुलक सडक नाटक प्रस्तुत गरी कार्यक्रम समापन भएको थियो ।

यता,  सप्ताहको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले सडक दुर्घटना र त्यसबाट हुने क्षतिको अवस्था भयावह बन्दै गएकाले न्यूनीकरणका लागि व्यक्ति स्वयं सचेत हुनुपर्ने बताएका छन्। दुर्घटना न्यूनीकरणमा सामूहिक प्रतिबद्धताको खाँचो देखिएको उनले औंल्याए। ‘दुर्घटनाबाट सयौंको मृत्यु हुने गरेको छ भने हजारौं घाइते भइरहेका छन्,’ सिंहले भने, ‘यो भयावह अवस्थालाई न्यूनीकरण गर्न सवारी चालक, सहचालक र व्यक्ति स्वयं सचेत एवं चनाखो हुनुपर्छ।’ 

मधेश प्रदेशको मुख्यमन्त्रि सतिश कुमार सिंहले प्रत्येक व्यक्ति सचेत भएमात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन्। पैदलयात्री जथाभावी बाटो काट्ने, सवारी चालकले ट्राफिक नियमको पालना नगर्ने जस्ता कार्यले थप दुर्घटना बढ्दा जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्नु पर्ने मुख्यमन्त्री सतिश सिंहले भने।