
न्युज अफ नेसन ,असार ८ गते महेन्द्रनगर डेस्क। महोत्तरीको भंगाहा- ९ हरिमरीमा घरेलु क्रीकेट सम्पन्न भएको छ ।युवाहरुमा खेलको भावना जगाउने अभिप्राय साथ स्वर्गिय रामो यादव स्मृति क्रिकेट प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
घरेलु टिम अन्तर्गत १६ टिम सहभागी रहेका खेल करिब ६ दिन सम्म चलेको आयोजकले जनाएको छ ।खेलले समाज र रास्ट्रका बिकासका लागि भन्ने मूल मन्त्र साथ सुरु भएको खेलमा स्थानिय युवाहरुको सहभागीता रहेको थियो ।
खेल संचालन तथा विशेष सहयोगदाता रुपमा भंगहा नगरपालिका समाजसेवि तथा नेपाली कांग्रेस अनुशासन समितिका संयोजक सुरेश यादब रहनु भएको थियो ।
समाजसेवि यादबले युवा र समाजको हितमा आफू जहिले पनि लागेको हुँदा भगंहाको बिकासमा आफू सदैब लाग्ने यादबले बताउनु भयो ।
स्थानीय युवहरुले स्वर्गीय रामु यादबको देनको स्मरण गरेका थिए उनिहरुले रामु यादबको स्मृति कै आधारमा खेलको कार्यक्रम राखेको बताए ।स्थानीय जनप्रतिनिधि तथा सरकारले खेलको निम्ति कुनै सहयोग नगरेको युवाहरुले गुनासो पोखे ।
शनिबार सम्पन्न खेल फाइनल खेलमा बटेश्वर गा पा वाड नं ५ शान्तिपुर का टीम प्रथम र भँगहा ना पा वाड नं ९ हरिनमारी का टिम दोस्रो भएको थियो ।प्रथम टिमलाई नगद रु ३५००० हजार सहित कप र दोस्रोलाई १७,५०० नगद प्रदान गरिएको थियो । त्यस्तै खेलको खेलको मेन् आफ द मैच शान्तिपुरका सन्तोष यादव भएका थिए ।