
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित विभिन्न वडामा “स्थानीयतहमा न्यायिक निरुपण तथा सचेतनामूलक कार्यक्रम” सम्पन्न भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको आर्थिक सहयोग तथा प्रगतिशील समाज सेवा समिती, महेन्द्रनगरको आयोजनामा तीन दिने कार्यक्रम मंगलवार सम्पन्न भएको हो ।
न्यायीक अन्तक्रिया र न्याय सम्बन्धि ज्ञान दिने उद्देश्यका साथ सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका मध्यमिक तहका सरकारि तथा सामूदायिक विद्यालयमा प्रशिक्षण दिइएको थियो ।
नगरपालिका भित्र न्यायिक समिती रहेको बखत त्यस बारे हालसम्म सर्वसाधारण जानकार नभएको बेला अन्तक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला अदालत कार्यक्षेत्र बनाइ कार्यरत वरिष्ठ अधिवक्ताद्वय उमेश कुमार यादब र अरुण कुमार यादबले प्रशिक्षण दिनु भएको थियो ।
अधिवक्ताहरुसँग विद्यार्थी तथा सर्वसाधारणले न्यायीक प्रक्रिया र त्यसका निरुपण वारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा उप -मेयर रचना श्रेष्ठ माथेमाले विद्यार्थीका गुनासो सुन्नु भएको थियो ।उहाँले विद्याल तथा अन्य स्थानमा हुने बाल हिंसा र त्यसको कसरी प्रतिवाद गर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई बताउनु भएको थियो ।
कार्यक्रमको समापनशत्रमा बोल्दै उप -प्रमुख माथेमाले झै -झगडा हुँदा स्थानिय न्यायिक समितले छुट्टाउने हुँदा अदालत नगइ नगरपालिका आउँदा समाधान छिटो हुने बताउनु भयो ।
अदालत जाँदा समय र पैसा दुबै खर्च हुने हुँदा स्थानीय न्यायीक समितिमा उजुरी दिनु प्रभावकारी हुने जनाउनु भयो ।
करिब तीन दिन र छ सेक्सन चलेको कार्यक्रममा अधिकांस उपस्थित ब्यक्तिले कार्यक्रमले प्रभावकारी जानकारी प्रदान गरेको बताए ।
कार्यक्रममा न्यायिक समितिका प्रमुख तथा नगर उप -प्रमुख रचना श्रेष्ठ माथेमा , न्यायिक समितिका सदस्यहरु मनोज कुमार शर्मा र दिपक साह , बिभिन्न वार्डका वार्ड अध्यक्ष सहित सदस्यहरु, प्रहरी ,समाज सेवि , स्थानीय युवाहरु , विभिन्न विद्यालयका शिक्षक /शिक्षिका , विभिन्न संघ संस्थाका आबद्ध पदाधिकारी ,पत्रकार लगाएतको सहभागीमा कार्यक्रम सम्पन्न भएको थियो ।