२०८१/३/८धनुषाको क्षिरेश्वरनाथ नगरपालिका -७ दुर्गाटोलमा सेनटरी प्याड बनाउने सम्बन्धि तालिम सम्पन्न भएको छ । क्षिरेश्वरनाथ नगरपलिका वडा न ७ को आर्थिक सहयोग र समग्र महिला बिकास केन्द्र जनकपुरको आयोजनामा चार दिने तालिम शनिबार सम्पन्न भएको हो ।
करिब ३९ जना सहभागी रहेको तालिम प्रशिक्षणमा सहभागी महिलाहरुले सेनेटरी प्याड बनाएर देखाएका थिए । महिनावारिको समयमा प्याड किन्नु पर्ने समस्याको बोझलाई समाधान गर्न हेतु यस्ता शिपले सहयोग पुर्याउने सहभागीले जनाएका थिए ।
आफुले जानेको सीप अरुलाइ पनि सिकाउदा ज्ञान बढ्ने हुँदा शिपलाई बाढ्न नगर प्रमुख सुख देव यादवले बताउनु भएको छ । उहाँले महिला घर परिवार भन्दा माथी उठेको र महिला सशक्तीकरण बढदै गएको बताउदै खुसी हुनुपर्ने बताउनु भयो ।
महिला हरु घरको धन्धा भन्दा बाहिर र गएत आय आर्जन गर्न सक्ने अबस्था आएको उहाँले बताउनु भयो ।
त्यस्तै नगर उप प्रमुख रचना श्रेष्ठ माथेमाले पुरानो सेनेटरी प्याडको बिकल्पमा यस्ता यस्ता प्याड प्रयोग गर्दा स्वास्थको हिसाबले फाइदाजनक भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष मुवारक कवाडिले यस वार्डमा दलितको संख्या अधिक भएको हुदा यस्ता कार्यक्रमले दलित महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताउनु भयो ।उहाँले वार्डका महिला बिस्तारै आफ्नो हक अधिकार तिर पनि सजक हुन थालेको बताउदै वार्डमा यस्ता कार्यक्रम आगामी दिनमा समेत संचालन गर्ने बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख सुख देव यादब ,उप प्रमुख रचना श्रेष्ठ माथेमा , वार्ड अध्यक्ष मुवारक कवाडी , क्षिरेश्वर धर्म संस्थाका अध्यक्ष मदन घिमिरे वार्ड सदस्य तुल्सा ढुङेल , समग्र महिला बिकासका टिम लगाएतको सहभागीता रहेको थियो ।