महेन्द्रनगरमा प्रथम मेयर गोल्ड  प्रतियोगिता शुरु

धनुषाको  क्षिरेश्वरनाथ -५ मा प्रथम  मेयर गोल्ड  प्रतियोगिता शुरु भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाका  स्थित क्षिनपा माबीको खेल मैदानमा  शनिबार देखि खेल सुरु भएको हो ।खेलको नगर प्रमुख सुकदेव यादबको प्रमुख अतिथ्यतामा कार्यक्रमको उद्घाटन  भएको हो ।

कार्यक्रममा नगर प्रमुख सुखदेब यादबले खेलले उर्जा ल्यौउने हुदा खेल शारीरिक रुपमा आवश्यक रहेको जनाउनु भयो ।

त्यस्तै नगर उप प्रमुख रचना श्रेष्ठ माथेमाले खेलले नै समाजमा पहिचान बनाउने हुदा खेललाई ध्यान दिनु जरुरी रहेको बताउनु भयो ।

करिब ४ दिन सम्म चल्ने कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका खेलाडीको सहभागीता रहेको छ ।जस अन्तर्गत १५ गते आयोजक क्षिरेश्वर र नमुना उथान सिन्धुली ,१६ गते गाई घाट उदय पुर र त्रियुगा स्पोर्टस त्यस्तै १७ गते  गोलबजार स्पोर्ट्स र हेटौंडा एकेडेमी  बिच हुने छ  भने अन्तिम दिन १८ गते  बिरगन्ज युनाइटेड र कटारी फुटबल  बिच  हुने आयोजकले जनाएको छ ।