Deprecated: PragmaRX\Recovery\Recovery::__construct(): Implicitly marking parameter $random as nullable is deprecated, the explicit nullable type must be used instead in /home/enewsofnation/public_html/wp-content/plugins/sg-security/vendor/pragmarx/recovery/src/Recovery.php on line 28
क्षिरेश्वरनाथ नगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता , कृषि मिटर मिनाहा गर्ने काम बढ्यो अगि | eNews of Nation

क्षिरेश्वरनाथ नगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता , कृषि मिटर मिनाहा गर्ने काम बढ्यो अगि

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र नेपाल बिधुत प्राधिकरण बिच कृषि मिटर फ्री गर्ने विषयमा सम्झौता अनुरुप काम शुरु भएको छ ।

बिहिवार एक कार्यक्रम बिच नेपाल विद्युत प्रधिकरण महेन्द्रनगर शाखा र क्षिरेश्वरनाथ नगरपालिका बिच नगर भरीका १० वार्डका  करिब १६ सय कृषि मिटर कृषकका महसुल मिनाह गर्ने सहमति अनुरुप रु १५ लाख  २ महिनाका लागि   प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

नपुग रकम रु कार्यपालिका बैठकबाट समय समयमा  निर्णय गरेर फछ्र्यौट गर्ने  नगरपालिकाले जनाएको छ ।

बिगतमा कृषि मिटरमा शुल्क लागेकोमा हाल शुल्क मिनाहा हुँदा किसान  आभान्वित भएको नगर प्रमुख सुखदेब यादबले बताउनु भयो ।