न्युज अफ नेसन , महेन्द्रनगर डेस्क, ।पोखरा महानगरपालिका वडा नम्बर २१ गुड्कुमा स्कुल बस दुर्घटना भएको छ ।दुर्घटनामा ३३ वर्षीय आरती विकर छोरा ६ वर्षीय प्रिन्सु विकको उपचारका क्रममा मृत्यु भएको छ।
उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।
‘आमाले छोरालाई काखमा लिनुभएको रहेछ, आमाको मृत्यु भइसकेपछि उपचारकै क्रममा छोराको पनि मृत्यु भयो,’ एसपी थापाले भने ।
बस दुर्घटना भएपछि कास्की प्रहरी प्रमुख एसपी थापाको कमाण्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए।