चिकित्सा शास्त्रको स्नातकतह(MBBS)अन्तिम वर्षको नतिकामा जानकी मेडिकलका गौरव र निलम टपर

श्रावण १४ , न्युज डेस्क महेन्द्रनगर ।ग्रामिण स्थानमा रहि बिगत दुई दशक देखि सस्तो र छिटो सेवा प्रदान गर्ने अस्पताल हो  जानकी मेडिकल कलेज ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम देखि करिब ५ किलो मिटर वर पर्ने जानकी मेडिकल कलेज क्षिरेश्वरनाथ नगरपालिकाको ग्रामीण क्षेत्र रम्दैया भवाडीमा अबस्थित रहेको छ । कम शुल्कमा नेपाल र छिमेकी देश भारत देखि कयौं बिद्यार्थी  यहाँ अध्यन गर्न आउने गरेका  छन् ।

हाल यहाँ नयाँ ब्यबस्थापनले काम गरि रहेको छ ।बिगतमा भएका कमि कम्जोरी सुधारमा अस्पताल दिन रात खटेको देख्न सकिन्छ ।भौतिक पूर्वाधारका क्षेत्र हुन् या अध्यन अध्यापनका क्षेत्र दुबैमा नयाँ ब्यबस्थापन सक्रिय भइ लागेको छ ।

यस मेडिकलले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको देख्न सकिन्छ ।यहाँ अध्यनरत बिद्यार्थी देशमै उत्कृष्ट अब्ब्ल बिद्यार्थीका रुपमा स्थापित रहेका छन् ।यस पटक पनि चिकित्सा शास्त्रको स्नातक तहको परिक्षामा अब्बल नतिजा देखिएको छ ।

त्रिभुवन विश्वबिद्यालयले  बि .स.२०८० साल अन्तर्गत लिएको चिकित्सा शास्त्रको स्नातकतह  ( MBBS) अन्तिम वर्षको परिक्षाफलमा  टप हुनेमा  नवल परासीको कावसोती घर भएकी  निलम राणा र चितवन ,भरतपुर घर भएका गौरव पराजुली रहेका छन्  । जम्मा ८८९ अंक सहित  निलम राणा पहिलो टपर भएकी हुन् भने  गौरव पराजुलीले  ८८२ अंक सहित तेस्रो टपर रहेका छन्  ।

यता, बिगत  दुई दशक देखि स्थापित यस मेडिकल कलेजले लामो समय देखि  समस्या झेल्दै आएकोमा  मेडिकलले हाल भने सुधार उन्मूख  हुँदै गएको देखिएको छ । जानकी मेडिकलमा कार्यरत एक चिकित्सकका अनुसार विद्यार्थीको उत्कृष्ट नतिजाले नै मेडिकलको स्थितीले  बताउने  जनाए ।

को हुन् गौरव पराजुली ?

चितवन स्थित भरतपुरका गौरव सानै देखि प्रतिभाशाली र मेहनती  विद्यार्थी हुन ।उनले बि.सं २०७२ सालमा  एस एल सि मा  ३.८० जिपिए  ल्याएका थिए भने +२ मा चितवन टप गरेका थिए ।त्यस्तै  गौरवले IOM  प्रबेश परिक्षा मा ALL  Nepal Rank  अन्तर्गत ८१ औं स्थान प्राप्त गरेका  थिए ।
त्यस्तै शिक्षा मन्त्रालयबाट पूर्ण छात्रवृत्तिमा जानकी मेडिकल कलेजमा अध्यनरत   थिए ।पढामा अब्बल रहेका गौरवले यस पटक पनि  त्रिभुवन बिश्व बिद्यालयबाट   तेस्रो  उत्कृष्ट रहि   ८८२  अंक प्राप्त गरे ।
गौरबले आफू उत्कृष्ट हुनुमा कलेजको देन रहेको बताएका छन् ।कलेजले बिद्यार्थीलाई गर्ने निर्देशन र शिक्षा राम्रो रहेकाले आफुले सफलता हासिल गरेको बताए ।
हाल अस्पतालको ब्यबस्थापन समूह  ओम प्रसाद पाण्डेको (ओ.पि पाण्डे )को  कार्यकारिणीमा  संचालित रहेको छ ।