जानकी मेडिकल कलेजले ल्यायो बिमा  कार्यक्रम,  यस्तो छ भाद्र  १ देखि स्वास्थ्य विमा सुबिधाको व्यवस्था 

  |

 

जनकपुर, २५ साउन  न्यूज अफ नेसन डेस्क महेन्द्रनगर/

स्वास्थ्य बीमा बोर्डसँग जेष्ठ २२ गते भएको सम्झौता बमोजिम भाद्र १ गतेबाट जानकी मेडिकल कलेज  रम्दैया भवाडी  धनुषामा भाद्र १ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने भएको छ।

कलेजका अध्यक्ष ओम प्रसाद पाण्डेले बीमा गरेका बिरामी टाढा टाढाबाट समेत आउने गरेको तर, बीमाको सुविधा नहुँदा समस्या पर्ने कुरालाई मध्यनजर गर्दै यो सेवा पुनः नियमित गरिएको बताउनुभयो ।उहाँले  बिमा सेवाले आर्थिक रुपमा कमजोर बिपन्न बर्गलाई  अधिक लाभदायिक हुने जनाउनु भयो  ।

उनले भने, ‘इमर्जेन्सीमा आउने बाहेकले पहिलो विन्दू तोकिएको अस्पतालबाट रिफर ल्याउनुपर्ने हुन्छ ।’

स्वास्थ्य बीमा बोर्डले बीमा मार्फत उपचार सुविधा लिँदा निजी अस्पतालमा २० प्रतिशत रकम बिरामीले भुक्तानी गर्नुपर्ने नियम लगाएको छ ।

सोही अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले जानकी मेडिकल कलेज (जीएमसी)मा उपचार गर्दा २० प्रतिशत खर्च आफैं व्यहोर्नुपर्ने अध्यक्ष पाण्डेले बताए ।

कलेजका निर्देशक डा. धर्म दत्त सुबेदीले २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध भएको जानकारी दिए ।

२ करोड ११ लाख निशुल्क उपचार 

कलेजले गत आर्थिक बर्षमा मात्रै २ करोड ११ लाख ६० हजार रुपैयाँ बराबरको उपचार निशुल्क गरेको दाबी गरेको छ । विपन्न, असाहय र गरीबलाई उपचारमा छुट गरिएको कलेजले जनाएको छ ।

जीएमसीबाट गत आर्थिक वर्षमा ओपीडीबाट १ लाख १३ हजार ५१ जनाले सेवा लिएका थिए ।

तीमध्ये ६४ हजार नयाँ र ४८ हजार जना फलोअप बिरामी रहेका जनाएको छ । यस अवधिमा ५ हजार ३सय २७ जनाले आकस्मिक सेवा लिएको अस्पतालले जनाएको छ ।

गत आर्थिक वर्षमा ४ हजार २ सय ९७ जनाले जटिल प्रकृतिका शल्यक्रिया गरिएको कलेजले जनाएको छ।

कलेजले नयाँ ओटी कम्प्लेक्स मधेस प्रदेशमा सबैभन्दा ठूलो आइसियू/ एसआइसियू/ सिसियू बिभाग लगभग २ महिना भित्र चालू गर्ने लक्ष्य राखेको छ।