नैना हस्पिटलमा फर्टिलिटी क्याम्प सम्बन्धि स्वास्थ्य  कार्यक्रम सम्पन्न

  |

न्यूज अफ नेसन महेन्द्रनगरमा डेस्क ।धनुषाको जनकपुरधाममा रहेको  नैना हस्पिटलले एक दिने स्वास्थ्य  कार्यक्रम सम्पन्न गरेको छ ।शनिबार भारतबाट आएका चिकित्सकहरुको   सहभागीता  उक्त कार्यक्रम अस्पतालको भवनमा सम्पन्न भएको हो

बाँझो पन तथा निसन्तान सम्बन्धि  उपचारको लागि संचालन गरेको उक्त शिबिरमा बिरामीहरुको स्वास्थ परिक्षण गरिएको थियो ।

नैना अस्पतालले  महिलाहरुमा  देखिने  स्त्री रोगको निदानको लागि सधै तत्पर रहेको   नैना अस्पतालका संचालक वरिष्ठ स्त्री रोग  विशेषज्ञ डा . बृज मोहन रजकले बताए  ।उनले  खानपानमा विषाद अधिक हुदै गएको र यसले प्रजनन क्षमतामा प्रभाव पर्ने गरेको हुँदा झोपनको समस्या बढेको   बताए ।

कार्यक्रममा नि:शुल्क परामर्श , ओपिडि , बिर्य जाँच , निशुल्क टि भि एस जाँच लागाएतको जाँच गरिएको थियो ।

एक दिने कार्यक्रममा करिब ३०० जना बिरामीले  स्वास्थ्य लाभ लिएको आस्पताल स्रोतले जनाएको छ ।
नैना अस्पतालले समय समयमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ । पछिल्लो समय दुर्बिन बाट शल्यक्रिया गर्ने शिबिर संचालन गरिएको थियो ।