जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रमको उद्घाटन

  |

न्यूज डेस्क, महेन्द्रनगर । धनुषाको रम्दैया स्थित जानकी मेडिकल कलेजमा स्वास्थ्य  बीमा कार्यक्रमको उद् घाटन   गरिएको छ ।आइतबार  जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष  राज नन्दन मण्डलको  प्रमुख अतिथ्यतामा   उक्त  कार्यक्रमको उद् घाटन गरिएको हो ।

 

सरकारले बीमा कार्यक्रम मार्फत  स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने  उद्देश्य  राखेको छ  । जस अनुसार  धनुषामा जानकी मेडिकल कलेजले भाद्र १ गते देखि  बिमा सुबिधा लागू  गरेको अस्पतालले  जनाएको छ ।

बीमा मार्फत उपचार सुविधा लिँदा यस अस्पतालमा २० प्रतिशत रकम बिरामीले भुक्तानी गर्नुपर्ने र त्यसका लागि रेफर भएको हुनु पर्ने प्राबधान रहेको छ ।तर इमर्जेन्सीको हकमा रेफर नभए पनि उपचार गर्न भने मिल्ने अस्पतालका प्रमुख प्रा.डा धर्म  सुबेदीले जानकारी दिए ।

बीमा कार्यक्रमका लागि विशेष  टास्क फोर्स  समेत गठन गरिएको  प्रमुख प्रा.डा  सुबेदीले बताएका छन् ।  स्वास्थ्य बीमाका क्रममा कुनै प्रकारको गुनासो आएमा अस्पताललाई गुनासो गर्न सकिने ब्यबस्था गरिएको  समेत  जानकारी दिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती धनुषाका  अध्यक्ष  राज नन्दन मण्डलले  जानकी मेडिकलको भूमिका यस क्षेत्रकाको स्वास्थ्य सुधार र  सुबिधाको  लागि  महत्त्वपूर्ण  रहेको बताए ।

वरिष्ठचिकित्सकहरुबाट  उपचार गर्न  यसै ठाउँबाट सकिनु सुखद पक्ष रहेको उनले  जनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै वार्ड अध्यक्षहरुले स्वास्थ्य बीमा न्यून खर्चमा सेवा दिने हुँदा सर्वसाधारणका लागि लाभदायिक हुने बताए ।  मध्यम र न्यून आय स्तर भएकालाई बिमा कार्यक्रमले प्रत्यक्ष फाइदा पुर्याउने हुँदा जानकी मेडिकल उचित छनोट हुने  मन्तव्य राखे।

कार्यक्रममा वार्ड अध्यक्षहरु  मकेश्वर यादब , जगदिश यादब ,देबु यादब,  जिबछ मण्डल  र  कार्यपालिका सदस्य दिपक साह लगाएत  समाजसेवि बुद्धिजिबि  र  सर्बसाधारणहरुको उपस्थिति रहेको  थियो ।