धनुषाको र महोत्तरीका बिभिन्न भागमा साढे मरेका र घाइते अबस्थामा भेटिएका छन् । आइतवार साँझ देखि विभिन्न ठाउँमा ट्रकमा लोड गरि छाडिएको अबस्थामा साढे भेटिएको हो ।
जनकपुर उपमहानगरपालिकाको आदेशमा नगर प्रहरीले साँढेलाई नसालु सुइ दिई यातना पूर्बक जगल तथा नदी किनारमा लगेर मर्ने गरि छोडिए पछि अहिले उप -महानगर पालिकाको चर्को आलोचना भएको छ ।धार्मिक नगरि भनी भनिए पनि हिन्दुहरुको आस्था र बिश्वास माथी आघात पुर्याएको भन्द सर्बत्र आलोचना भएको छ । धनुषाको क्षिरेश्वरनाथ स्थित जलाद नदि किनार , मिथिलाको बसही खोला र महोतरीको गौशाला -१ मा साढे घाइते र मृत अबस्थामा भेटिएको हो ।
यसै क्रममा विभिन्न धर्मिक अभियन्ता तथा सामाजिक अगुवाहरुले घाइते भएका साढेको उपचार गर्न र नगर प्रहरीलाई कार्बाही गर्न माग गरेका छन् ।