रोहित खनाल सम्राट् , न्युज डेस्क ।धनुषाको महेन्द्रनगर स्थित नेपाल आयल निगमको परिसरमा कर्मचारीबिच सामान्य गाली गलौजको बिषयमा झगडा हुँदा आफ्नै सहकर्मीको हत्या गरिएको छ ।
शुक्रबार बिहान १० बजेको समयमा नेपाल आयल निगमको डिपो महेन्द्रनगरको परिसरमा सामान्य कुरा कानि हुँदा सिरहा -३ मखनाहा घर भै महेन्द्रनगरमा बस्ने राजेश बर्माको धनुषा जिल्ला धनुषाधाम नगरपालिका -४ बस्ने प्रकाश यादबले बेट( बेल्चाको पछाडीको भाग ) ले प्रहार गरि हत्या गरेका हुन् ।
कसरी भयो हत्या ?
प्रकाश र राकेश बर्मा बिहान ९:५५मा आयल निगमको परिसरमा मा प्रवेश गरेका थिए ।करिब १० बजेको समयमा दुबै जान अप्रेशन कोठा ११ मा कामकाजमा रहेका थिए । कार्यकक्षमा दुबै जना बिच भानाभान भएको थियो । सामान्य बिबाद भै रहेको हुँदा प्रकाश शारीरिक रुपमा रुपमा राकेश भन्दा अग्लो र मोटो भएको हुँदा राकेशले उनलाइ प्रतिकार गर्न नसक्दा हत्या भएको स्थलगत अनुसन्धानले देखाएको छ । राकेशको शरिरको अघिल्लो भाग मुख नै कुचिने तरिकाले बरम्बार प्रहार गरेको देखिएको छ ।
प्रकाशको स्वभाव
बिगतमा प्रकाशले राकेशलाई पहिले देखि अपशब्द प्रयोग गर्ने गरेका थिए ।शान्त स्वभावका रहेका राकेश प्राय चुप रहने गरेका थिए । प्रकाश पहिले देखि झगडालु र रवाफ देखाउने खालका रहेको उनका निकटतम बताउँछन् । कर्मचारीसँग उति मेल नखाने प्रकाश मानसिक रुपमा बिक्षिप्त जस्ता कुरा गर्ने गर्दथे।
हाल उनको शब पोस्ट मार्ट्ममा लग्ने तयारी भैरहेको छ ।