महेन्द्रनगरको पार्कमा सेनाले गर्यो बृहत् बृक्षारोपण

  |

आश्विन -२, महेन्द्रनगर  डेस्क ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित  महेन्द्रनगरमा श्री बिष्णुदल गणले बृहत् बृक्षारोपण कार्यक्रम  गरेको छ । आज बुधबारका दिन  नेपाली  सेना र नगरपालिकाको संयुक्त आयोजनामा महेन्द्रनगर स्थित हाइवेको विभिन्न भागमा बृक्षारोपण गरिएको हो ।

संविधान दिवसको पूर्व सन्ध्यामा सेनाले  करिब ५ हजार विभिन्न प्रजातीका  बिरुवा महेन्द्रनगर र आसपासका क्षेत्रमा    रोपेको जनाएको छ ।भबिस्यमा पार्कको सौन्दर्यकरणमा सहयोग हुने गरि उक्त बिरुवाहरु रोपिएको हो ।
यता, सेनाले गरेको  बृहत् बृक्षारोपणले स्थानीय क्षेत्रको बिकासमा  सेनाले प्रेम झल्काएको स्थानीय बासीले जनाएका छन् ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुख देव यादब लगायत  नेपाली सेना , नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानियको उपस्थिति  रहेको थियो ।