
धनुषा जिल्ला ट्राफिक प्रहरीले धनुषामा दुर्घटनाको संख्या अन्य बर्ष भन्दा कम भएको जनाएको छ ।आज आइतबार जिल्ला स्थित ट्राफिक प्रहरी कार्यालय परिसरमा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
ट्राफिक प्रहरीले जारी गरेको तथ्यांकअनुसार मानबिय क्षती तुलनात्मक रुपमा घटेको देखाएको छ ।जस अन्तर्गत श्रावनमा १ जना र भाद्रमा ४ जना गरि ५ जनाको मृत्यु भएको छ ।यस मृत्यु दर अघिल्लो मृत्यु दर भन्दा करिब ६४ प्रतिशतले कमि हो ।
त्यस्तै ट्राफिक कार्बाही अन्तर्गत २०८१-८२ को ४ महिनामा ८सय २९ जना कार्बाहीमा परेका छन्। जरिवाना तर्फ २०८०-०८१ मा रु २,३४,५१,५०१ रहेकोमा २०८१-८२मा ४ महिनामा हाल सम्म रु ९१,९२,५०० जरिवाना गरिएको जिल्ला ट्रफिक इन्स्पेक्टर हरि बहादुर ओलिले जानकारी दिए ।
यस्तो छ ट्राफिक प्रहरीको तथ्यांक
सवारी दुर्घटना परि मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिकामा ११ जना,मिथिलामा -१९ जना धनुषाधाम नगरपालिकामा ११ जना, लक्ष्मिनिया गाउँपालिकामा ६ जना, सबैला नगरपालिकामा ५ जना, विदेह नगरपालिकामा ५ जना, क्षिरेश्वरनाथ नगरपालिकामा ४ जना रहेका छन् भने बटेश्वरमा २ जना रहेका छन् ।
धनुषा जिल्लाभरीमा यसअघि आर्थिक वर्ष २०७९÷०८०मा ८४ जना र आर्थिक वर्ष २०७८÷०७९मा १ सय ५ जना र २०८०-०८१ मा ७४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको तथ्यांकमा उल्लेखित छ ।