
अश्विन -१७ गते बिहिवार ।धनुषा जिल्ला ट्राफिकले नजिक रहेको चाडबाडलाई लक्षित गरि यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ।
आज बिहिवार जिल्लाका विभिन्न क्षेत्रमा भिडभाड हुन सक्ने स्थान आकंलन गरि त्यस्ता सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यलय धनुषाका प्रहरी निरिक्षक हरि बहादुर ओलीले जनाउनु भएको छ ।
जनकपुरधामको बसपार्क, रामानन्द चोक, पोर्ताहा, ढल्केबर र लालगढलगायत स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।
सहायता कक्षको शुभारम्भ गर्नुहुँदै मधेस प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले दशैको समयमा सुरक्षा निकायहरूको नागरिकप्रतिको दायित्व अझै बढी हुने भएकाले अप्ठ्यारोमा परेका यात्रीहरूका लागि सहायताका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सहायता कक्ष स्थापना गरिएको बताउनभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले यात्रीहरूको सहजताका लागि स्थापना भएको नागरिक सहायता कक्षले सवारी दुर्घटना न्यूनीकरणका लागि चालकहरूलाई सचेत बनाउने आशा व्यक्त गर्नुभयो ।
त्यस्तै धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले चाडपर्वमा यात्रुहरूलाई समस्या नहोस् त्यसका लागि पूर्व तयारी गरिएको जानकारी दिँदै चाडपर्वको दिन गन्तव्यसम्म यात्रुहरू पुग्न नसके त्यसका लागि थप चालक तथा सवारी साधनको व्यवस्थापन गरिने बताउनुभयो ।