
अस्विन २३ बुधबार ।धनुषाको क्षिनपा – स्थित पकडियामा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ । हल्वेटासको सहयोग , मानव कल्याण समाज धनुषाको आयोजना र क्षिरेश्वरनाथ नगरपालिकासँगको संयोजनमा क्षिनपाका नगर प्रमुख सुखदेब यादबको उपस्थितिमा बाढी पिडितलाई राहत बितरण गरिएको हो ।
राहतमा ५० केजिका दरले चामल दाल बिस्कुट लगाएतका खाद्यान्न बितरण गरिएको छ ।राहतबाट पिडित करिब ६९ घर परिवार लाभान्वित भएको मानव कल्याण समाज धनुषा जिल्लाका कार्यवाहक अध्यक्ष प्रमोद कुमार यादबले जनाएका छन् ।
कार्यक्रममा वार्ड अध्यक्ष मकेश्वर , नेपाल प्रहरीका निरीक्षक सोनु कुमार साह लगाएतको सहभागीता रहेको थियो ।