महेन्द्रनगरमा नेसनल इस्टिट्युिट फर करियर डिभलोपमेण्ट्को बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  |

धनुषाको महेन्द्रनगरमा सोमबार  समाजिक उत्तरदायित्व  अन्तर्गत  ´महिलाका लागि बित्तीय साक्षरता` नामको  कार्यक्रम सञ्चालन गरिएको  छ ।

एभरेस्ट बैंक लिमिटेडको आर्थिक सहयोगमा मिडिया हाउस अन्तर्गत नेसनल इस्टिट्युट फर करियर डिभलोपमेण्टको आयोजनामा जानकी महिला कृषि सहकारीको सहकार्यमा  उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रशिक्षक बिनोद अधिकारीले सहभागीलाई प्रशिक्षण गराएका थिए ।बित्तीय शिक्षा खस्किदै गएको भन्दै कार्यक्रममा   पारिवारिक खर्च , सामान्य  खर्च  र फजुल  खर्च सम्बन्धी  शिक्षा प्रदान गरिएको थियो ।

उनले  बित्तीय शिक्षाले समाज र परिवारमा कसरी आर्थिक स्थिति उकास्न सहयोग पुर्‍याउछ भन्ने बारे जानकारी  दिएका  थिए ।

करिब सयजना सहभागी रहेको कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेस सदस्य  नेतृ  भावना घिमिरे  जानकी महिला कृषि  अध्यक्ष हिरा सिंह लगाएत स्थानिय महिला समुहको सहभागीता रहेको थियो । नेसनल इस्टिट्युट फर केरियर डिभलोपमेण्टको टिमले  तालिम लिएका सहभागीलाई  प्रमाण  पत्र प्रदान गरेको थियो ।