महेन्द्रनगर न्यूज डेस्क ,मंसिर १४/
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ स्थित पकडियामा नेपाली सेनाको एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
महेन्द्रनगर स्थिति श्री विष्णुदल गणले स्थानिय श्री समता राष्ट्रिय प्राथमिक बिद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।शिबिरमा करिब ३ सय जनाले स्वास्थ्य सेवा लिएको नेपाली सेनाले जनाएको छ । सेवा लिन क्षिरेश्वरनाथ सहित बटेश्वर गाँउपलिकाका सर्वसाधारणको उपस्थिति रहेको थियो । शिबिरमा सेनाका चिकित्सकद्वारा बिरामीको चेकजाँच गरिएको थियो भने औषधि समेत बितरण गरिएको थियो ।
सेनाले विभिन्न समयमा आर्थिक अबस्थाले कमजोर र असहाय बस्तीमा शिबिर गरि सेवा प्रदान गर्दै आएको छ ।
स्वास्थ्य शिविरमा नगर प्रमुख सुखदेब यादव ,नेपाली सेनाका नंं २७ का वाहिनीका वाहिनीपति सुरेश हमाल ,श्री विष्णुदल गणका गणपति प्रमुख सेनानी प्रभुराम महत र स्थानिय वार्डअध्यक्ष लगाएत स्थानिय जनप्रतिनिधिको सहभागीता रहेको थियो ।