नमुना बचत तथा सहकारी संस्था लि.को  ११औं  वार्षिक साधरण सभा  सम्पन्न

  |

धनुषाको मिथिला नगरपालिका-६ ढल्केबर स्थित नमुना बचत तथा   सहकारी संस्था लि.को  ११ औं   वार्षिक साधरण सभा  शनिबार सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष नारायण वास्तोलाको  अध्यक्षता तथा मिनपा  नगरपालिकाका  उप- प्रमुख सुनिता सिंह बुढाथोकीको  विशिष्ट आतिथ्यता तथा प्रदेश सांसद  हरि नारायण महतोको  प्रमुख अतिथ्यतामा  सहकारिको साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा  सहकारीको आय ब्याय सहितको बित्तीय विवरण प्रस्तुत गरिएको  थियो ।  उत्कृष्ट बचत कर्तालाई सम्मान गर्नुका साथै स्थानीय बिद्यालयका जेहन्दार , दलित र असक्त बिद्यार्थीलाई  छात्रवृत्ति प्रदान गरिएको थियो ।

उत्कृष्ट दैनिक बचत कर्तामा निलमदेवी चौधरी, दिल बहादुर बलम्पाकी ,मनोजकुमार लामा, कमल राज भारती, दिनेश मोक्तान ,लक्ष्मण कमार महतो, सुरेश शर्मा ठाकुर ,संजय कुमार महतो, सपना देवी महतो र  संदिप शर्मा ममता कुमारी साह रहेका छन् भने उत्कृष्ट मासिक बचत कर्ता सदस्यमा भक्तमाया पाण्डे शेर बहादुर विश्वकर्मा ,विनादेवी महतो, राम बहादुर बुढा मगर  र राम बहादुर मण्डल खत्वे  रहेका छन्  ।
त्यस्तै उत्कृष्ट आवधिक बचत कर्तामा भरतलाल भट्टराई ,रण बहादुर कोइराला ,धन कुमारी वास्तोला रहेका छन्  ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष नारायण बस्तोलाले लगानी गर्दा प्रयाप्त सुरक्षाको अनुभुति भए मात्र त्यस्ता क्षेत्रमा लगानी गर्ने साथै कर्मचारी लगाएत शेयर धनीको हितमा काम गर्ने बताए ।

त्यस्तै प्रमुख अतिथी  धनुषा जिल्ला प्रदेश सभाका सदस्य हरिनारायण महतोले बिगतमा ऋण लिन गाह्रो हुने गरेको अबस्थामा हाल सहकारीले त्यस्तै झन्झटबाट मुक्त गरेको तर्क गरे ।उनले प्रदेश सरकारले हाल सहकारी एेन ल्याएको जानकारी दिए ।

कार्यक्रममा मिनपा नगरपालीकाका पूर्वउपप्रमुख एवम् संस्थाका शेयर सदस्य श्री तारा कुमारी बस्नेत , जिल्ला सहाकारीको अध्यक्ष ध्रुब नारायण यादव  ,मिथिला नगरपालिका वडा न.६ का वडा अध्यक्ष श्री नन्द किसोर यादव ,मिथिला नगरपानिका बहा.नं.७ का वडा अध्यक्ष कोषाध्यक्ष श्री राम बहादुर स्वादन ,मिथिला नगरपालिका वडा.न.९ का वडाध्यक्ष श्री दिपकजंग थापा , मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष श्री तेजनारायण साह ईलाका प्रहरी कार्यालय,  ढल्केबरका प्रहरी निरीक्षक श्री जटाशंकर यादव ,मिथिला नगरपालिका  सहकारी शाखा प्रमुख श्री उमेश कुमार महतो ,राष्ट्रिय सहकारी बैंक बर्दिवास शाखाका प्रमुख श्री राजेश थापा ,श्री विनायक ई वो स्कुल का प्रधानाध्यापक श्री विपि राज दाहाल लगाएत  विभिन्न जनप्रतिनिधि, व्यापारी ,बुद्धिजिबि तथा  समाजसेविहरुको सहभागीता रहेको थियो ।