नेपाल कबड्डीमा सर्वाधिक चर्चा कमाउदै धनुषा महेन्द्रनगरका अब्बल खेलाडी कल्याण भुजेल

  |

रोहित खनाल (सम्राट् ) ,पौष -५ अफ नेसन महेन्द्रनगर डेस्क /

नेपाल कबड्डीका उत्कृष्ट खेलाडी हुन् -कल्याण भुजेल । रास्ट्रिय  तथा अन्तरास्ट्रिय खेमा आफूलाई  अब्बल ठहर्‍याएका भुजल  हाल सर्वाधिक चर्चित  खेलाडीको रुपमा परिचित छन्  ।  नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि ६ टिमले ड्राप्टबाट ८४ खेलाडी छनोट गरेका छन् ।लोकबहादुर विष्ट प्रशिक्षक रहेको टिम विराटनगर ब्यान्डिट्स   जसमा धनुषा महेन्द्रनगरका खेलाडी  कल्याण भुजेल टिमका लागि मार्की खेलाडीको रुपमा परेका छन्  ।

को हुन्  त कल्याण भुजेल ?

बि .सं २०४८ सालमा  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका  महेन्द्रनगर स्थित सखुवामा जन्मेका कल्याण पहिले देखि कबड्डीमा अधिक रुचि राख्ने गर्द्थे । स्थानिय ठाउँका  खेल प्रतियोगिता देखि अन्तर्राष्ट्रिय च्याम्पियनशिप सम्म प्रतेक पाइलामा आफूलाई फिट राख्न सफल हुँदै   रास्ट्रको प्रतिनिधि बनी अन्तरास्ट्रिय जगत सम्म चर्चा कमाएका छन् ।

उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुको उपलब्धिहरु यस्ता छन् :

१. अखिल नेपाल कबड्डी संघद्धारा १९औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगितामा कास्य पदक २०६९ काठमान्डौँ

२. फूलकुमारी महतो राष्ट्रिय खुल्ला पुरुष कबड्डी प्रतियोगितामा प्रथम स्थान २०६९ जनकपुर

३. राष्ट्रिय खेलकुद परिषद द्वारा प्रथम लुम्बीनि राष्ट्रिय च्याम्पियनसिप प्रथम स्थान २०७० धनगडी

४.७ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा द्रोस्रो स्थान २०७३ पूर्वाञ्चल

५.८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी २०७५ नेपालगञ्ज
६. प्रथम मुख्यमन्त्रि राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा सहभागी २०७८ धनगडी
७.९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी २०७९ पोखरा
८. प्रथम लुम्बीनी मुख्यमन्त्रि राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा कास्य पदक २०८० लुम्बीनी सुनवल

अन्तर्राष्ट्रिय प्रतियोगिताहरु
१.१२ औ दक्षिण एसियाली खेलकुदमा सहभागी 2016 भारत
२. अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता नेपाल द्रोस्रो स्थान 2017 काठमान्डौँ, नेपाल
३. १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी 2019 काठमान्डौँ, नेपाल
४. द्रोस्रो चुञ्जु वर्ल्ड मार्सल आर्टस च्याम्पियनसिप 2019 कोरिया
५. बगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा कास्य पदक 2021 बांग्लादेशमा
६. बगबन्धु अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी 2022ठमान्डौँ, नेपाल
७. द्रोस्रो चुञ्जु वर्ल्ड मार्सल आर्टस च्याम्पियनसिप 2019 कोरिया
८. बगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा कास्य पदक 2021 बांग्लादेशमा
९. बगबन्धु अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी 2022

सानो उमेरमा भुजेलले प्राप्त  उपलब्धि बारे धनुषा जिल्ला फुटबल सघका अध्यक्ष राम केवल मुखिया  भन्छन् , ‘सानै देखि मेहनती कल्याण खेलमा अब्बल रहेका छन् , अनुशासन र निरन्तर अभ्यासका कारण एक पछि अर्को उपलब्धि हासिल भएको हो ।े

खेलप्रती कल्याणको धारणा
छोटो समयमा ख्याती कमाएका कल्याण खेल प्रती सकारात्मक धारणा  राख्द्छन् ।  खेलाडी बनेर घर चल्छ र भनेर प्रश्न आइरहदा   भुजेल भने हिजोको समयमा खेल खेलेर नै परिवार र पाकेट खर्च गर्न न पुग्ने अबस्थामा आज भने पुरै परिवर्तन भएको तर्क गर्छन्  ।  भुजेल भन्छन् -खेल खेलेर नै आज जिबिकोपार्जन गर्न सकिन्छ  ,व्यावसायिक खेलले यो सम्भब भएको हो ।