|

पुस २ गते  न्युज अफ नेसन 

महोत्तरीको बर्दिबासमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।

राति १२ः५० बजे ठक्करबाट अन्दाजी ४५÷५० वर्षको पुरुषलाई ठक्कर दिएको थियो । उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।