
रोहित खनाल (सम्राट ) ,न्यूज अफ नेसन डेस्क महेन्द्रनगर ।
एन.सि.सि. अल्मुनाई एशोशियसन नेपालको सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।बिहीबार धनुषाको महेन्द्रनगर स्थित श्री बिष्णु दल गणको हाता भित्र जनकपुर उप-महानगरपालिकाका प्रमुख मनोज साहको प्रमुख आतिथ्यता आयोजित एक कार्यक्रममा गणपती प्रमुख सेनानी प्रभुराम महतले तालिमद्वारा दिक्षित क्याडेटहरुलाई वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
गणपती प्रमुख सेनानी प्रभुराम महतले अनुशासित, नैतिकवान्, इमानदार, बफादार, कर्तव्यनिष्ठ तथा असल देशभक्त युवा जनशक्ति निर्माणमा राष्ट्रिय सेवा दलको भूमिका बढेको बताए ।उनले राज्यलाई चाहिएको जुन सुकै बेला पनि आफ्नो योगदान दिन सक्ने युवा शक्ति निर्माण गर्नु यसको उद्देश्य रहेको जनाए ।
वार्षिकोत्सव कार्यक्रमको अवसरमा उक्त एशोसिएसनले महेन्द्रनगर बजारमा पदयात्रा र्याली सञ्चालन गरी गण हाताभित्र सांस्कृतिक कार्यक्रम गरेको थियो ।
कार्यक्रममा श्री क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, बिष्णुदल गणका गणपति प्रमुख सेनानी प्रभुराम महत, धनुषा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, NCCAA मधेश प्रदेशका निर्देशक मिना ठाकुर, NCC संचालन भएका विद्यालयका प्रधानाध्यापकहरु, अभिवावकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।