विभिन्न कार्यक्रम गरि जनकपुरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिक उत्सव मूल समारोह  कार्यक्रम सम्पन्न

  |

रोहित खनाल (सम्राट ) न्यूज अफ नेसन डेस्क महेन्द्रनगर ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिक उत्सव मूल समारोह  कार्यक्रम जनकपुरमा  सम्पन्न भएको छ। पुष १० गते देखि १५ गते सम्म चलेको ५ दिने खेलकुद , सरसफाइ तथा प्रभातफेरि कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

पाँच दिने खेलकूद अन्तर्गत जनकपुर विमानस्थलका कार्यालय  प्रमुख तेज बहादुर बुढाथापा अध्यक्षता रहेको कार्यक्रममा कर्मचारीले क्रीकेट , फुट्बल तथा घैटो फोर्ने लगाएतका मनोरञ्जनका खेल सञ्चालन गरेका थिए ।जस अन्तर्गत उत्कृष्ट खेल खेलेका खेलाडीलाई सम्मान स्वरुप चिनोको रुपमा कप र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख तेज बहादुर बुढाथापा मधेश प्रदेशको राजधानी जनकपुर अव्यवस्थित हुँदै गरेकोले जनकपुरलाई कसरी सुन्दर बनाउन सकिन्छ सोका बारे उल्लेख्य गरेका थिए । साथै यस ठाउँको पर्यटन प्रवर्द्धन गर्न बिमानस्थलको भूमिका बारे चर्चा गरेका थिए ।

क्रीकेट तर्फ उत्कृष्ट खेलाडिमा क्यानको मोहन ठाकुर ,फुटबल तर्फ बुद्ध एयरलाइन्सका आशीष खड्का त्यस्तै नागरिक उड्डयन कार्यालयका   उपेन्द्र बरही रहेको जनकपुर नागरिक उड्डयन कार्यालयका सूचना अधिकृत गणेश कुमार यादबले जनाए ।

बुद्ध एयर जनकपुर कार्यालयको प्रमुख बिजय प्रसाद सिंह , एति एयरलाइन्सका जनकपुरका नि: कार्यलय प्रमुख युवराज घिमिरे ,आयल निगम जनकपुर शाखा प्रमुख राजु श्रेष्ठ  ,विमान स्थाल सुरक्षा निकाय , जल तथा मौसम बिज्ञान बिभाग प्रमुख र  नागरिक उड्डयन प्राधिकरणका भूत पूर्ब कर्मचारी लागाएतका  कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।