भारतीय सवारीको ठक्करबाट धनुषामा एकजना घाइते

  |

रोहित खनाल (सम्राट ) न्यूज अफ नेसन डेस्क महेन्द्रनगर ।

धनुषाको लक्ष्मिनियाँ गा.पा.७ बाबाको ढाबा होटेल स नजिक सवारी दुर्घटना भएको छ ।बुधबार बिहान ९ बजेर १०मिनेटको समयमा ढल्केवर जनकपुर सडक खण्डमा जनकपुरबाट लक्ष्मिनियाँ तर्फ आउदै गरेको स ८ प ३०५७ न.को मो.सा.लाई बाटो क्रस गर्ने क्रममा बाबाको ढाबाबाट जनकपुर तर्फ जादै गरेकोBR06DT१९८८ न.को स्कारपियोले ठक्कर दिएको छ  ।

सा. चालक जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१ मिल्स एरिया टोल बस्ने प्रदिप राय अमात को छोरा अ.बर्ष १६ को बिबेक राय दुबै खुट्टा र शरिरको बिभिन्न भागमा चोट लागेको छ । स्कारपियो चालक बिहारका मोजफपुर बस्ने अ.बर्ष ३५ को धर्मेन्द्र सहनीलाई प्रहरीले नियन्त्रण लिएको छ ।घटनाको अनुसन्धान हुँदै गरेको जिल्ला ट्राफिक कार्यालय धनुषाका निरीक्षक बहादुर ओलीले जनाए ।