रोहित खनाल(सम्राट ) ,न्यूज अफ नेसन डेस्क महेन्द्रनगर ।
धनुषाको मिथिला नगरपालिका स्थित इलाका प्रहरी कार्यालय ढल्केबरले खोला उत्खननलाई ध्यानमा राखी उत्खनन गर्न जाने चोर बाटोहरुमा खाल्डो खनी चोरी निकासी बाटो बन्द गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशकंर यादबको नेतृत्वमा खटिएको प्रहरीको टोलिले मंगलबार धनुषा मिथिला न.पा.वडा नं. ५ स्थित रहेको औरहीखोला , गणेशमानचारनाथ न.पा.स्थित रहेको कमला र चारनाथ खोलामा स्काइभेटर लगि बाटोमा खाडल खनी अबरोध गरेको हो ।
केहि समय यता खोलामा अबैध उत्खननका गुनासो र सूचना आइरहेकाले प्रहरी त्यस्तो कदम रोक्न यस्त गतिविधि गरेको प्रहरी निरीक्षक जटाशकंर यादवले बताए ।



