नेवा समुदायको उत्थानको निम्ति सकेको सहयोग गर्छु : उप मेयर रचना श्रेष्ठ माथेमा

  |

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा नेवा राष्ट्रिय संगठनको आयोजनामा  धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको  दोश्रो नगरभेला सम्पन्न  भएको छ ।बुधबार नेवा राष्ट्रिय संगठन नगर अध्यक्ष  सञ्जय श्रेष्ठको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिकाका उप मेयर रचना श्रेष्ठ माथेमाको प्रमुख अतिथ्यतामा  बि एण्ड बि पार्टी प्यालेसमा भेला  सम्पन्न भएको  हो ।

उल्लेखनिय संख्यामा सहभागी नेवा समुदायले   संस्कृतिक पहिचान झल्किने मौलिक भेषभुषा पहिरिनुका साथै नेवा जातिको बाजागाजा सहित   झाँकी प्रस्तुत गर्दै  नगर परिक्रमा गरेका थिए ।

कार्यक्रममा बोल्दै  क्षिरेश्वरनाथ नगरपालिकाका उप- प्रमुख रचना श्रेष्ठ माथेमाले नेवा संस्कृतको संरक्षण गर्न सम्पूर्ण नेवा जाती लाग्नु  पर्ने बताए ।हिजो नेवाहरुको उपस्थित नदेखिएकोमा हालको सहभागीताले  मधेशमा पनि  नेवाको उपस्तिथि रहेको देखाएको बताए ।उनले आफूले महेन्द्रनगरमा नेवा जातीको धरोहरको रुपमा रहेको गाइजात्रा गर्न प्रयास गरेको तर त्यसका आवश्यक समन्वय  हुन नसकेको janaae  । उनले भने,´ मैल विभिन्न जात जातीको संस्कृति उत्थानमा सहयोग गरेको नै हुँ , त्यसैले नेवा जातीको संस्कृति उत्थानमा स्थानीय सरकारको तर्फ बाट सक्दो सहयोग गर्छु ।`

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका विभिन्न नेवा  राजनीतिकर्मी,  खेलाडी ,व्यावसायि र बुद्धिजिबिको उल्लेखनीय  सहभागीता रहेको थियो ।

रास्ट्रिय  जनगणना २०७८ अनुसार क्षिरेश्वरनाथ नगरपालिकामा करिब ०.२ प्रतिशतले नेवारी भाषा बोल्ने गरेको देखाएको छ भने प्रदेशमा करिबमा समेत ०.५ भन्दा कमले नेवारि (नेपाल भाषा )प्रयोग गर्ने गरेको देखिएको छ ।