क्षीरेश्वरनाथ नगरपालिकामा एचपीपी खोपसम्बन्धि एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न

  |

रोहित खनाल (सम्राट ) महेन्द्रनगर ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एचपीपी खोपको एक दिने अभीमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यता तथा उप प्रमुख रचना श्रेष्ठ माथेमाको बिशेष आतिथ्यतामा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा महिलाहरूमा पाठेघर खस्ने स्वास्थ्य समस्या बारे जनाकारी गराइएको थियो । हरेक वर्ष नेपालमा करिब २ हजार दुई सय जनामा मुखको क्यान्सर हुने  गरेको तथ्यांकले देखाएको छ ।यही २३ गते देखि सम्म २७ सम्म क्षिरेश्वरनाथ नगरपालिकामा १० देखि १४ बर्ष सम्मका बालिकालाइ  यस खोप लगाइने स्वास्थ्य शाखा प्रमुख रामबहादुर यादवले बताए ।

नगरपालिकाले मृत्यु दर घटाउन चाहेको नगर प्रमुख सुखदेब यादबले बताए । घर घरमा गएर जनचेतना जगाउनु प्रतेक जन प्रतिनिधिको दायित्व रहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै उप मेयर रचना श्रेष्ठ माथेमाले खोप अभियानमा सहयोगि भूमिका निर्वाहा गर्ने बताए ।  आफूले सकेको सम्पूर्ण  सहयोग गर्ने उप मेयर माथेमाले जनाए ।

नेपाल सरकारले यही २२ गते देखि २७ सम्म पठघरको  मुखको क्यान्सर  समस्या बिरुद्द खोप  एच पी पी लगाउने कार्यक्रम राखेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै उप मेयर रचना श्रेष्ठ माथेमाले खोप अभियानमा सहयोगि भूमिका निर्वाहा गर्ने बताए ।  आफूले सकेको सम्पूर्ण  सहयोग गर्ने उप मेयर माथेमाले जनाए ।