महेन्द्रनगर स्थित मर्निङ्ग   ग्लोरी इङ्लिश बोर्डिङ स्कूलले मनायो वार्षिक उत्सब कार्यक्रम

  |

धनुषाको महेन्द्रनगर स्थित मर्निङ्ग   ग्लोरी इङ्लिश बोर्डिङ स्कूलकोको  २७ औं वार्षिक उत्सव कार्यक्रम  सम्पन्न भएको छ ।  नगर शिक्षा शाखा प्रमुख दीपक खत्रीको प्रमुख अतिथ्यता तथा प्रीन्सिपल कृष्ण लामाको अध्यक्षतामा  सोमबार एक समारोहका बिच  सांस्कृतिक  कार्यक्रम  गरि  वार्षिक उत्सव  भब्यताका साथ मनाइएको  हो ।

महेन्द्रनगरको पुरानो र गुणस्तर शिक्षामा ध्यान दिने मर्निङ्ग ग्लोरी स्कूलले  समय समयमा संस्कृतिक कार्यक्रम गर्ने गरेको छ ।

कार्यक्रममा बोल्दै शिक्षा शाखाका अधिकृत दिपक खत्रीले गुणस्तर बिकास गर्न  स्कूलले गरेको यस्ता कार्यक्रमले शिक्षामा अझ गुणस्तरीयता बिकास गर्ने बताए ।  आगामी दिनमा राज्यको धरोहर उत्पादन गर्न यस बिद्यालयले प्रगति गरेको हेर्न  पाइयोस भन्ने शुभेच्छा समेत ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै स्कूलका प्रीन्सिपल कृष्ण लामाले
बिद्यार्थीले पहिलो  सिक्ने भनेको शिक्षकबाट भएको हुँदा बिद्यार्थीको चरीत्र निर्माणमा  शिक्षकको  जिम्मेवारि अधिक हुने बताए । उनले बिद्यार्थीको मनोबिज्ञन बुझ्न शिक्षकले ध्यान दिनुपर्ने जनाए ।

कार्यक्रममा विभिन्न संस्कृतिक तथा खेलकूद कार्यक्रम गरिएको थियो ।कार्यक्रममा उत्कृष्ट बिद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको थियो ।कार्यक्रममा  राजनीति दल , समाजसेवी , प्रशासन र शिक्षक शिक्षिका  लगायतको सहभागिता रहेको थियो ।