महेन्द्रनगरमा रास्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता शुरु

  |

महेन्द्रनगरमा रास्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता शुरु

धनुषाको  क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा रास्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता शुरु भएको छ ।
बिहिवार स्वास्थ्य का लागि खेलकुद राष्ट् का लागि खेलकुद भने मूल नारा साथ महेन्द्रनगर स्थित क्षिरेश्वरनाथ माध्यमिक बिधालयको खेल प्राङ्गणमा  क्षिरेश्वरनाथ नगरपालीका स्तरिय सातौं  अन्तर बिधालय प्रतियोगिता बिहीबार देखि  सुरु भएको भएको छ ।

क्षिरेश्वरनाथ माध्यमिक बिधालयकाका   प्र. उपेन्द्र राय  यादबको अध्यक्षतामा आयोजित  प्रतियोगिताको उद्घाटन  क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादबले गरेको छन ।

खेलमा नगर भित्र रहेका करिब १३ सामुदायिक तथा  संस्थागत बिद्यालयको उपस्थिति रहेको छ ।

कार्यक्रमको उद्घाटन खेलमा बोल्दै नगर प्रमुख सुख देब यादवले  खेल  रास्ट्र, समाज र बिद्यार्थीको लागि समेत आजको आबश्यकता भएको बताउँदै यसले समग्र बिकास गर्ने बताएका छन्  ।उनले खेलको कुनै जात धर्म नहुने भएकाले यो बिशुद्द रुपमा रास्ट्रको लागि रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका क्षीरेश्वरनाथ नगरपालिका को नगर अध्यक्ष अनिल चौधरीले खेलले नै शारीरिक र मानसिक तन्दुरुस्त ब्नाउने बताउदै खेल अपरिहार्य रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै शिक्षा , युवा तथा खेलकूद  शाखाका अधिकृत दीपक खत्रीले  बिद्यालयस्तरबाटै बिद्यार्थीहरुलाई खेककूद क्षेत्रमा लाग्नलाई  प्रेरित  गर्नएक महत्त्वपूर्ण खेलकूद कार्यक्रमको रुपमा रहेको यस राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिता नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान तथा   राष्ट्रिय खेलकुद परिषद् को संयोजकत्वमा यस क्षि न पा शिक्षा  युवा तथा खेलकूद शाखा महेन्द्रनगर धनुषाको आयोजनामा निरन्तर रुपमा आएको  र   यसले बिद्यार्थीमा अनुशासनमा बस्न अझ प्रेरणा दिने  बताए ।

कार्यक्रममा  नेकपा एमालेका जिल्ला सदस्य ललित साह  ,   नेकपा एमालेका  नगर अध्यक्ष अनिल चौधरी ,  वर्डा  ६ का अध्यक्ष बिनोद गुप्ता ,वडा नं ९ का वडा अध्यक्ष  अवधकिशोर यादव   रास्ट्रीय खेल भलीबलका प्रशिक्षक  भरत यादब ,  बिभिन्न  बिद्यालयका  प्रतिनिधि शिक्षक / शिक्षिकाको  सहभागीता रहेको थियो ।