दुर्गा तुल्सीगन्धि बिद्यालयका बिद्यार्थीलाई विभिन्न शैक्षिक सामाग्री बितरण

क्षिरेश्वरनाथ नगरपालिका -७  हरिहरपुर स्थित रहेको श्री दुर्गा तुल्सी  राआका बिद्यार्थीलाई  जुक्ता,  कपडा  र झोला बितरण गरिएको छ ।सोमबार एक कार्यक्रमका बिच वार्ड अध्यक्ष मुवारक कवाडीले सो सामाग्री बितरण गरेका हुन् ।

कक्षा १ देखि ८  सम्मका करिब ४०५  विद्यार्थीलाई ब्याग ,टि-सर्ट  र जुत्ता बितरण गरिएको छ ।जस अन्तर्गत टि -सर्ट बिधालयको खर्च अन्तर्गत रहेको छ भने अन्य वार्डले प्रदान गरेको हो  ।
कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष मुवारक कवारीले  बिद्यार्थीको समग्र बिकास गर्नका निम्ति वार्ड बाट प्रदान गरिएको बताए ।उनले बिद्यालयमा पठन पाठनमा समस्या भए आएर गुनासो गर्न र बिद्यार्थीको अध्ययनलाई केन्द्रमा राख्न  बिद्यालयका कर्मचारीलाई बताए ।
कार्यक्रममा अभिभावकले बिद्यालयका शिक्षकसँग अध्यापनका विषयमा प्रश्न गरेका थिए ।बिधालयले बिद्यार्थीको गृहकार्य समयमा नहेर्ने जस्ता समस्या बताएका थिए ।त्यस्तै क्षिरेश्वरनाथ धर्म संस्थानका अध्यक्ष मदन घिमिरेले बिद्यार्थीको हितको विषयमा सबै लाग्नुपर्नेमा जोड दिए । सरकारि बिद्यालय रहेकाले  प्राप्त भएका पोसाक निजि बिद्यालय जाँदा नलगाउन आग्रह गरे ।
कार्यक्रममा समाजसेवी मदन घिमिरे ,  विद्यालयका प्र शिवजी यादव , वडा सदस्य पल्टु महतो , जिबछ महतो , तुलसा ढुंगेल लगाएतको सहभागीता रहेको थियो ।