
इलाका प्रहरि कार्यलय महेन्द्रनगरका निरिक्षकलाई भब्य बिदाइ गरिएको छ ।बुधबार करिब सयौंको संख्यामा रहेका स्थानिय युवाहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडि निरीक्षक सोनु कुमार साहको बिदाइ गरेका हुन ।
बिदाइमा सरिक युवाहरुले साहको कमान्डिङगका बारे स्मरण गरेका थिए ।निरीक्षक साह मिजासिलो , सरल प्रकृतीको र कार्यभारमा उल्लेखनीय प्रगति गरेको बिदाइ कार्यक्रममा सहभागी युवाले बताए ।
अनुसन्धानका विषयमा उल्लेखनीय प्रगती गरेको स्थानीय युवा सितेश झाले जनाए । साहको कार्यकालमा देह व्यापार र लागू औसध नियन्त्रणमा उल्लेखनीय प्रगती भएको उनले बताए ।
प्रहरी निरीक्षक साह भने हाल प्रदेश प्रहरी गण जनकपुरधाममा काजमा खटिएका छन् ।उनले करिब १० महिना इलाका प्रहरी कार्यलय महेन्द्रनगरको जिम्मेवारी सम्हालेका थिए ।
हाल भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्रहरी निरिक्षक नितेश सिंहको उपस्तिथि भएको छ ।