नेकपा एमालेद्वारा आयोजित होलि  बिशेष कार्यक्रम  सम्पन्न

  |

धनुषाको महेन्द्रनगरमा नेकपा एमाले क्षिरेश्वरनाथ नगर कमिटी द्वारा आयोजित होलि  बिशेष कार्यक्रम  सम्पन्न भएको छ ।सोमबार पुरानो साझा कृषि सहकारीको परिसरमा नगर अध्यक्ष अनिल चौधरीको अध्यक्षता तथा पूर्व उपप्रधानमन्त्री रघुबिर महासेठको प्रमुख अतिथ्यतामा  कार्यक्रम भब्यताका साथ सम्पन्न  भएको हो ।

कार्यक्रममा बोल्दै पूर्ब उपप्रधानमन्त्री रघुबिर महासेठले राजाको औचित्य अब नरहेको जनाउदै  राजनीतिमा प्रवेश गरि राजनीति गर्न आग्रह गरे ।त्यस्तै उनले नेकपा एमालेले बिकास हरेक क्षेत्रमा गरेको हुँदा आफू यस क्षेत्रको  बिकासमा  अहोरात्र खटेको बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सुख देब यादबले पुर्व उप प्रधानमन्त्री रघुबिर महसेठको कारण यस क्षेत्रको बिकास हुँदै गरेको जनाए ।रम्दैया , दुर्गाटोल लगाएत नगरको विभिन्न ठाउँमा कालोपत्रेको काम दुर्त गतिमा बढ्दै गएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर अध्यक्ष अनिल चौधरीले होलि कार्यक्रममा आएका अतिथिको सम्मान गरेका थिए ।उनले कुनै किसिमको समस्या हुँदा आफू कहाँ आउन आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य हरिनारायण महतो,प्रदेश सभा सदस्य पल्टी देवी, नगर प्रमुख सुखदेव, प्रदेश कमिटी सदस्य सन्तोष यादव, प्रदेश कमिटी सदस्य डम्बर बहादुर क्षेत्री, ,नेकपा एमालेका विभिन्न पदाधिकारी ,बुद्धिजीवी समाज सेवीहरुको उपस्थिति रहेको थियो