मिथिला नगरपालिका वडा नं ७ मा रहेको  नेपाल विद्युत प्राधिकरण ग्रिड सवस्टेशन  ढल्केवरमा भएको आगलागी सेनाको सहयोगमा केही बेर मै  नियन्त्रणमा आएको छ ।

बिहिवार दिउँसो करिब १  बजेतिर  विद्युत प्राधिकरणको बाहिर फालेको फोहरमा आगलागी हुँदा आगो सल्किए पछि नेपाली सेनाको टोली आगो नियन्त्रण गर्न  खटिएको थियो । सेनाले करिब साढे एक बजे आगो नियन्त्रणमा लिएको नेपाली सेनाले न्यूज अफ नेसनलाई जनाएको छ  ।

आगलागीको सूचना पाउन साथ महेन्द्रनगर स्थित श्री बिष्णु दल गणको टोलि  सहित क्षिरेश्वरनाथ नगरपालिकाको दमकल सब स्टेसन  पुगेको थियो ।