साउथ अभिनेता थालापती विजयले आफ्नै आमाबुवा विरुद्ध अदालतमा मुद्दा हालिदिए

  |

काठमाडौं : तमिल अभिनेता थालापती विजयले आफ्ना पिता एसए चन्द्रशेखर र आमा शोभासहित ११ जनाविरुद्ध सिभिल केस दर्ता गराएका छन् ।

उनले अदालतमा दर्ता गरेको मुद्दामा कसैलई पनि मानिसहरु जम्मा गर्न र कुनै पनि किसिमको बैठक गर्नको लागि विजयको नाम प्रयोग नगर्न आदेश दिन माग गरिएको छ । अब यो मुद्दामा २७ सेप्टेम्बरमा सुनुवाइ हुनेछ ।

समस्या त्यतिबेला सुरु भएको थियो जब विजयका पिता एसए चन्द्रशेखरले विजय राजनीतिमा आउनुपर्ने दावी गरेका थिए । यसको लागि विजयका पिताले विजयको नामबाट पार्टी समेत दर्ता गराए ।

विजयका पिताले यो घोषणा समेत गरे कि उनका आफन्त पद्मनाभन पार्टीका अध्यक्ष र आफ्नी पत्नी शोभा कोषाध्यक्ष हुन् । विजयका पिताले आफू पार्टीको महासचिव भएको समेत घोषणा गरे ।

इण्डिया टुडेका अनुसार अहिले विजयले वक्तव्य जारी गर्दै आफूले यस्तो कुनै पनि पार्टी सुरु गर्नको लागि अनुमति नदिएको प्रस्ट पारेका छन् र ११ जनाविरुद्ध अदालतमा मुद्दा हालिदिएका छन् ।

उनले यी मानिसहरुलाई बैठक आयोजना गर्न र भीड जम्मा गर्नको लागि आफ्नो नामको प्रयोग गर्नबाट रोक्नको लागि यसरी मुद्दा हालेको बताएका छन् ।