अवैध खोला उत्खनन रोक्न चोर बाटोमा खाडल खन्दै ढल्केबर प्रहरी

  |

रोहित खनाल(सम्राट ) ,न्यूज अफ नेसन डेस्क महेन्द्रनगर ।

धनुषाको मिथिला नगरपालिका स्थित इलाका प्रहरी कार्यालय ढल्केबरले खोला उत्खननलाई ध्यानमा राखी उत्खनन गर्न जाने चोर बाटोहरुमा खाल्डो  खनी चोरी निकासी बाटो बन्द गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशकंर यादबको नेतृत्वमा खटिएको प्रहरीको टोलिले  मंगलबार  धनुषा मिथिला न.पा.वडा नं. ५  स्थित रहेको औरहीखोला ,  गणेशमानचारनाथ न.पा.स्थित रहेको कमला  र चारनाथ खोलामा स्काइभेटर लगि बाटोमा खाडल खनी अबरोध गरेको हो ।

केहि समय यता खोलामा अबैध उत्खननका गुनासो र सूचना आइरहेकाले प्रहरी त्यस्तो कदम रोक्न यस्त गतिविधि गरेको प्रहरी निरीक्षक जटाशकंर यादवले बताए ।