जिल्ला ट्राफिक कार्यालय धनुषाको ´दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’नामक सचेतनामूलक कार्यक्रम

  |

दुर्घटना न्यूनीकरणका लागि  जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आज ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।सोमबार   प्रहरी निरीक्षक हरि बहादुर ओलीको उपस्थितीमा  ´दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ शिर्षक दिइएको कार्यक्रम जनकपुर सहित जिल्लाका विभिन्न सडक खण्डमा गरिएको हो ।

दुर्घटनाका हिसाबले उच्च जोखिमा  रहेका दुई पाङ्ग्रे सवारीलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रममा  दुर्घटनाको जोखिम न्यूनीकरण र रोकथामका बिषयमा यात्रुलाई जनकारी प्रदान गरिएको थियो । सवारी चालकलाई रोकि सामूहिक रुपमा सावधानीका बारेमा जानकारी गराइएको थियो ।

 

दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरिक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

धनुषा जिल्ला ट्राफिक कार्यालयले पछिल्लो समय दुई पाङ्ग्रे सवारी साधनको संख्यामा भएको वृद्धिले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै न्यूनीकरणका जनचेतना मूलक कार्यक्रमलाई तिब्रता दिएको छ ।