रोहित खनाल(सम्राट ) महेन्द्रनगर ।
धनुषाको इलाका प्रहरी कार्यलय ढल्केबरले आफूलाइ डिएसपि बताउने एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला सिरहा लाहान नगरपालिका वडा नं. २० बस्ने गुनदेव साहको छोरा बर्ष अं. २० को दिपक साह भन्ने धनिकलाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनले नेपाल प्रहरीको DSP हुँ भनि विभिन्न किसिमको ठगी गरेको प्रहरीले जनाएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.४ बस्ने रमेश श्रेष्ठलाई प्रहरीको पावरको हवाला दिंदै विश्वास दिलाई रु ५० हजार रकम ठगी गरे पछि सो कुरा खुलेको हो। पैसा लिएर ठगी गर्दै हिंडेपछि प्रहरीमा रमेश श्रेष्ठले उजुरी गरेका थिए ।त्यसपश्चात् प्रहरीले अनुसन्धान तिब्र बनाए पस्चात उनी पक्राउ परेको इलाका प्रहरी कार्यालका ढेल्केबर का प्रहरी निरीक्षक जटाशंकर यादबले न्यूज अफ नेसनलाई बताए ।उनले पक्राउ परेका धनिकलाल साहले समय समयमा आफ्नो परिचय फेर्ने गरेको समेत बताए । कुन बखत नेपाली सेना भएको त कुनै बखत प्रहरी भएको भनी झुक्याएर ठगी गर्ने गरेको जनाए ।
साहलाई फेला पक्राउ गरी ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थप अनुमती प्राप्त गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



