मङ्सिर १७,ढल्केवर, धनुषा – मिथिला पतञ्जली आरोग्य योग साधना केन्द्रको आयोजनामा सह-योग शिक्षक प्रमाणपत्र वितरण र योगी सम्मान कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार मिथिला पतञ्जली आरोग्य योग साधना केन्द्रका अध्यक्ष संजय यादवको अध्यक्षतामा तथा नगर प्रमुख महेन्द्र महतोको प्रमुख अतिथ्यतामा र उपप्रमुख सुनिता सिंह बुढाथोकीको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा योग क्षेत्रमा योगदान पुर्याउने विशिष्ट योगीहरूलाई सम्मान गरियो।
साथै, स्वस्थ जीवनका लागि योगको महत्त्वबारे चर्चा गरियो। कार्यक्रममा योग साधना केन्द्रबाट प्रशिक्षण लिएका सह-योग शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरियो।

मिथिला पतञ्जली आरोग्य योग साधना केन्द्रले प्रदान गरेको कदरपत्र पाउनेहरूमा वरिष्ठ कविराज निरीक्षक योग अभियन्ता राम सेवक यादव, नगर प्रमुख महेन्द्र महतो, उपप्रमुख सुनिता सिंह बुढाथोकी, संस्थापक तदर्थ समिति अध्यक्ष मिपआयोसा के.मि.न.पा.-६ ढल्केवरका डोर बहादुर खड्का क्षेत्री,पतन्जली योगपिठ मधेस प्रदेश प्रशिक्षण विभाग प्रमुख राम सेवक मण्ड्ल रहेका छन् ।

कार्यक्रममा मिथिला नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जोगी महतो, वडा नं. ६ का वडा अध्यक्ष नन्द किशोर यादव, वडा नं. ७ का वडा अध्यक्ष राम बहादुर स्याङ्दान, वडा नं. ९ का वडा अध्यक्ष दीपक जंग थापा, पतञ्जलि योग पीठ मधेस प्रदेश मिडिया प्रभारीका भुपाल श्रेष्ठ, योग अभियन्ता वरिष्ठ कविराज निरीक्षक राम सेवक यादव, मिथिला पतञ्जलि आरोग्य योग साधना केन्द्रका १ वडादेखि १० नं.का वडा कमिटी अध्यक्ष योगीहरू र स्थानीयहरूको सहभागिता रहेको थियो।
सहजीकरण पतञ्जली योगपीठ नेपाल, जनकपुरधाम (धनुषा)ले गरेको थियो भने आर्थिक सहयोग नगरपालिकाले उपलब्ध गराएको थियो।



