धनुषाको मिथिला नगरपालिका–९ स्थित न्यू होराइजन बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ । सोमबार प्रकाशित नतिजा अनुसार विद्यालयका छात्र समीप दाहालले ४.० GPA सहित सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएका हुन्।

विगतदेखि नै यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयबाट यस वर्ष ४२ जनाले ‘ए प्लस’, ११ जनाले ‘ए’ र १ जनाले ‘बी प्लस’ ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्।

उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालयले बुधबार एक विशेष कार्यक्रम आयोजना गरी उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान समेत गरेको छ।
सम्मान कार्यक्रममा बोल्दै प्रिन्सिपल भोगीलाल महतोले विद्यार्थीहरूको अथक मेहनत र लगनशीलताले विद्यालयको नाम उज्ज्वल भएको बताउँदै आगामी भविष्यको सफलताको शुभकामना व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका डाइरेक्टर सन्तोषकुमार थापाले
विद्यालयको शैक्षिक गुणस्तरलाई अझ मजबुत , स्तरीय र लक्ष्य उन्मुख बनाउन भरपुर प्रयास गर्ने बताए ।
त्यस्तै, ४.० GPA ल्याउन सफल छात्र समीप दाहालले आफ्नो सफलताको श्रेय दैनिक अध्ययन र निरन्तरको लगनशीलतालाई दिँदै मेहनतले नै सफलताको नजिक पुर्याउने अनुभव सुनाए।
यता विद्यालयले आगामी दिनमा समेत उत्कृष्ट नतिजालाई निरन्तरता दिने जनाएको छ।



