जनमत पार्टीले जारी गरयो १७ बुंदे निर्देशन

  |

जनकपुरधाम : सिके राउत नेतृत्वको जनमत पार्टीले संगठन संचालनका लागि आफनो आधारभुत सिद्धान्तहरु घोषणा गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयमा छलफल गरिएका संगठन संचालनका १७ं आधारभूत सिद्धान्तहरूलाई कडा नियमका साथ पालना गर्नुपर्ने मान्यता लिइएको छ । पार्टीले जारी गरेको सिद्धान्तहरुमा जसरी पनि व्यापक विस्तार ३ महिना भित्र त्यस्को पूरा कव़रेज दिनुपर्ने रहेको छ । जो पनि, जसरी पनि कमान्डचेनमा बस्नुपर्ने कडा नियम लगाइएको छ भने हर हालतमा जनमत पार्टी लाई जिताउनका लागि आफनो सम्पुर्ण शक्ति लगाउनुपर्ने निर्णय गरिएको छ ।

त्यसैगरि संगठनमा कुनै कार्यक्रम कुनै पनि बहानामा रोकिन नहुने,पार्टी प्रवेसमा रोक लगाउनेलाई कारवाही,पार्टी विस्तार तथा प्रवेसमा कसैले वाधा,निषेध वा आलटाल गरे अस्विकार्य गरिने भएको छ । कुनै पनि निर्णय गर्नुपरे अन द स्पोट निर्णय गर्नुपर्ने र पुरानो कार्यकताहरुमा उर्जा यथावत राख्नका लागि हरसम्भव प्रयास गर्नका लागि कार्यकताहरुलाई निर्देशन जारी गरिएको छ ।

विवाद,गुटवंंदि,गप्पी स्वभावका व्यक्तिलाई स्विकार्य नगरिने तथा पार्टीले गरेको निर्णय सर्वस्विकार्य गर्नुपर्ने लगायतको अनुशासनलाई पालना गर्न जनमत पार्टीले कार्यकताहरुलाई निर्देशन दिएको छ ।