यातायात व्यवस्था कार्यालय, बर्दिवास, महोत्तरीले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
कार्यालयद्वारा मिति २०८३ असार ३० गते जारी गरिएको सूचना अनुसार यातायात व्यवस्था विभागबाट नयाँ प्रणाली व्यवस्थापन तथा सञ्चालनको कार्य भइरहेकाले सेवा अवरुद्ध हुन पुगेको हो।
प्रकाशित सूचना बमोजिम सवारी चालक अनुमतिपत्र सम्बन्धी प्रणालीहरूEDL (Electronic Driving Licence ,,EVRS (Electronic Vehicle Registration System) को सेवाहरू प्रभावित भएको हो ।

उक्त प्रणालीहरूको स्तरोन्नति भइरहेको यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख राकेश यादवले जनाएका छन्।



