धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालको १५ महिने कार्यकाल पूरा भएसँगै शुक्रबार एक विशेष कार्यक्रमका बिच औपचारिक बिदाइ गरिएको छ। ।
जिल्लाको प्रशासनिक कार्यविधि सुधार, सेवा प्रवाहमा सरलीकरण र सुरक्षा व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएका दाहाललाई जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा सरोकारवालाहरूले शुक्रबार बिदाइ गरेका हुन्।
दाहाल ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी को रूपमा सरुवा भएका छन्।
अनलाइन प्रणाली र प्रविधिमैत्री सेवा
यस प्रणालीलाई तल्लो तहसम्म प्रभावकारी बनाउन उनको बिशेष भूमिकामा जिल्लाका १६९ वटै वडाका ३५० जना कर्मचारीहरूलाई एक हप्ताको विशेष प्रशिक्षण दिई दक्ष बनाइएको थियो।
‘एकद्वार प्रणाली’ र आन्तरिक सुधार
कार्यालयको आन्तरिक कार्यसम्पादनलाई चुस्त-दुरुस्त बनाउन उनले भौतिक पूर्वाधार (लेआउट) सुधार, उपयुक्त कर्मचारी व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोगमा जोड दिएका थिए। सेवा प्रवाहमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव निरुत्साहित गर्न उनले ‘एकद्वार सेवा प्रणाली’ र द्रुत कार्यसञ्चालन (Swift Operation) नीति लागू गर्नमा उनको भुमिका रहेको छ ।
राष्ट्रिय परिचयपत्र र निर्वाचन व्यवस्थापन
त्यसैगरी, राष्ट्रिय परिचयपत्र सम्बन्धी कामलाई तीव्र बनाउन दर्ता स्टेशनहरू थप गरी पालिका स्तरसम्मै सेवा विस्तार गरिएको थियो, जसले गर्दा आम नागरिकलाई ठुलो राहत मिलेको छ।
प्रशासनिक सुधारका साथै जिल्लाको शान्ति-सुरक्षा कायम राख्न, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तथा मतपेटिका ढुवानी लगायतका सम्पूर्ण प्रक्रियालाई विवादरहित तरिकाले व्यवस्थापन गर्न दाहालले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।



