
महेन्द्रनगर,
विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा युवाहरु प्रवेश गरेका छन् । क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर ३ पकरियामा नेपाल कम्युनिस्ट पार्टीका यूवा नेता अनिल चौधरीको नेतृत्वमा नेपाली कांग्रेस, जसपा र लोसपाबाट सयौं नेता कार्यकर्ता पार्टी परित्याग गरी कम्यूनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर ३ पकरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई ने.क.पा. एमाले केन्द्रिय सचिव एवं पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठले टिका लगाई स्वागत गरेका थिए । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ नेकपा एमाले सभापती प्रदिप साहको अध्यक्षता र ने.क.पा. एमाले केन्द्रिय सचिव एवं पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठको प्रमुख आतिथ्यमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस नेता विनय साह, जसपाका नेता कासिम अन्सारी लगायत ३ सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको यूवा नेता चौधरीले जनकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी महासेठले नव प्रवेशीहरुलाई स्वागत गर्दैै नेकपा एमालेमा प्रवेश गर्नेको लहर तिब्रताका साथ शुरु भएको जनाएका छन् ।
” नेपाली जनतालाई थाहा छ ,देशमा भौतिक पूर्वाधार लगायत समाजिक कार्यमा काम गर्ने पार्टी भनेको एमाले नै हो त्यसैले अहिले पूर्व मेचि देखि पक्षिम महाकालीसम्म विभिन्न टोल टोलबाट पार्टी प्रवेश गर्नेको लहर सुरु भएको छ ,” महासेठले भने ।
“मधेश विरोधी पर्टी नेकपा एमालेलाई बिकास र मधेश बिरोधि भन्नेको अहिले मुख वन्द भएको छ, यदि नेकपा एमाले पार्टी मधेश विरोधी भएको भए म पनि मधेशकै छोरा यहीँ ठाउँमा जन्मेको व्यक्तिलाई ‘भौतिक पूर्वाधार मन्त्री’ पद मलाई प्रदान गरिदैन थियो ।, ”पुनः उनले थपे,´´ नेपाल सरकारको भौतिक पूर्वाधार मन्त्री पद पाएको वेला निर्वाचन क्षेत्र लगायतको गल्लीमा पिच र खोलाहरुमा पक्कीपुलको शिल्यानास हाम्रै पालामा भएको र यो ठाउँमा पुगाँउने जनताहरुको लागी कुनै पनि वेला सहयोगको लागी म तयार छु।”
उक्त कार्यक्रममा विशिष्ठ अतिथी जुली कुमारी महतो, अतिथी वटेश्वर गाउँपालिका अध्यक्ष डम्बर वहादुर राउत, प्रदेश कमिठि सदस्य मनोज खडका, पूर्व जिल्ला सभापति राम चलितर साह, जिल्ला कमिटि सदस्य नगर संयोजक महेन्द्र यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ देखि १० सम्मका नगर संयोजक, नेकपा एमाले पार्टि कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको उदघोषक्ष नेपाल खेलकुद प्रदेश नम्बर २ का संयोजक कमल किशोर चौधरीले गरेका थिए ।
नेकपा एमाले नवप्रवेशी नेताहरुले अब देशमा सम्पूर्ण उत्पीडित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा समाजवादको आधार निर्माण गर्न सबै प्रगतिशील कम्युनिष्ट शक्तिहरु गोलबंद हुनुपर्ने ठहर मन्तव्य ब्यक्त गरेका छन् ।