बिबाहमा डिजेमा नाच्दानाच्दै इनारमा खसेर १४ जनाको मृत्यु

  |

एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र १ बालिकाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले बिहीबार पत्रकारहरूलाई भने, पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए ।

जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल खप्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताउनु भएको छ ।गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भएको बताउनु भएको छ । स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको उहाँले ट्वीटमार्फत बताउनु भएको छ ।